मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गगन अयडी बाजुरा
२०८० जेठ २२ सोमबार ०६:१७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आमाको मृत्युपछि १० वर्षीया सुशीलाको काँधमा पाँच भाइबहिनीको जिम्मेवारी

Read Time : > 1 मिनेट
गगन अयडी, बाजुरा
२०८० जेठ २२ सोमबार ०६:१७:००

आमाको निधन भएपछि बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलकी १० वर्षीया सुशीला नेपालीको काँधमा पाँच भाइबहिनीको लालनपालनको जिम्मेवारी आइपरेको छ । सबैभन्दा कान्छी बहिनी सृष्टि एक महिनाकी मात्रै छिन् । फोक्सो र मिर्गौलासम्बन्धी रोगबाट पीडित आमा आशा नेपालीको २७ वर्षकै उमेरमा गत १० जेठमा उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

सुशीलाका बुबा मन्नामे नेपाली मानसिक समस्याले पीडित छन्, घरपरिवारको रेखदेख गर्दैनन् । उनी घरका एक्ला छोरा हुन् । सुशीलाका हजुरबुबाको चार वर्ष र हजुरआमाको दुई वर्षअघि निधन भएको थियो ।

६ बालबालिका अहिले छिमेकी चन्द्रादेवी नेपालीको शरणमा छन् । आमा बितेपछि सुशीलाको दैनिकी भाइबहिनीहरू आठ वर्षीया सुमिता, ६ वर्षीया सोमिया, चार वर्षीय शिशिर, दुई वर्षीय सिभान र एकमहिने सृष्टिको रेखदेखमा बित्ने गरेको छ ।

छिमेकी चन्द्रादेवीसँग बालबालिका

‘बालबच्चा सानै छन् । आफैँ पकाएर पनि खान सक्दैनन् । उनीहरूका बुबा कहाँ जान्छन्, के खान्छन्, ठेगान हुन्न,’ नाताले सुशीलाकी ठूलीआमा पर्ने चन्द्रादेवीले भनिन्, ‘मेरा पनि पाँच बालबच्चा छन् । ६ बालबच्चा यी भए, सबैलाई पालिरहेकी छु । अब सक्दिनँ, केही दिनका लागि रेखदेख गरेकी हुँ ।’ चन्द्रादेवी पनि एकल महिला हुन् । 

फोक्सो र मिर्गौलासम्बन्धी रोगबाट पीडित आमा आशा नेपालीको २७ वर्षकै उमेरमा गत १० जेठमा उपचारका क्रममा निधन भयो । सुशीलाका बुबा मन्नामे नेपाली मानसिक समस्याले पीडित छन्, घरपरिवारको रेखदेख गर्दैनन् । उनी घरका एक्ला छोरा हुन् । सुशीलाका हजुरबुबाको चार र हजुरआमाको दुई वर्षअघि नै निधन भइसकेको छ । आमा पनि बितेपछि बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलका यी ६ भाइबहिनी छिमेकीको शरणमा पुगेका छन् ।

सुशीलाको घरनजिकै छतरादेवी आधारभूत विद्यालय छ । तर, उनले विद्यालय जान पाएकी छैनन् । ‘घरमा भाइबहिनी धैरै छन्, उनीहरूको हेरचाह गर्नुपर्छ, कसरी स्कुल जानु ?’ उनले भनिन् । उनकी आमा आशाले गाउँघरमा खेतबारी (मजदुरी)मा काम गरेर परिवार पाल्दै आएकी थिइन् । तर, २० वैशाखमा सृष्टिलाई जन्म दिएकी उनले त्यसको एक महिना नपुग्दै संसार छाडिन् । उनको उपचारका लागि छिमेकीले रकम संकलन गरेर सहयोग गरेका थिए । छिमेकी हिक्मत नेपालीका अनुसार सुशीलाको उपचारमा साढे तीन लाख खर्च भएको थियो । 

त्रिवेणी नगरपालिकाले उनीहरूलाई शनिबार एक क्विन्टल चामल, १० केजी दाल र ६ बालबालिकालाई एक–एक जोर लुगा सहयोग गरिएको उपमेयर कमलाकुमारी जैसी (न्यौपाने)ले बताइन् । थप संघसंस्थासँग सहयोग माग गरिने उनले बताइन् ।