१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २२ सोमबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २२ सोमबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक यातायातले पनि जहाजमा जसरी यात्रुलाई गन्तव्यबारे जानकारी गराउनुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २२ सोमबार २o:oo:oo

जडाजले उडान भर्ने र उडान सक्ने क्रममा यात्रुहरूलाई उडानबारे आवश्यक जानकारी गराएझैँ सार्वजनिक यातायातका साधनहरूले पनि यात्रुहरूलाई यात्रा तथा गन्तव्यको बारेमा जानकारी गराउनुपर्ने भएको छ। 

यात्रुलाई चढाउने र ओराल्ने वेला सहचालक, चालकको नामसहित, बस नम्बर, गन्तव्य, मौसम, यात्रु संख्या, सडकलगायत विषयमा जानकारी गराउनुपर्नेछ। 
सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका ०६० लाई थप परिमार्जन गर्दै जनचेतनामूलक अडियो सामग्री अनिवार्य प्रस्तुत गर्नुपर्ने नियम ल्याएको हो। 

सरकारले निर्देशिकाको बुँदा नम्बर ११ अन्तर्गत (क) र अनुसूची २२ थप गरेको छ। जसमा सवारीसाधनको सरसफाइ, जनचेतनामूलक अडियो, यात्रु र चालकपक्षको जिम्मेवारीलगायत विषय समेटिएका छन्।

यो नियम मध्य तथा लामो दूरीका सवारीसाधनको लागि हो। यात्रुहरूलाई गन्तव्यबारे थाहा नहुँदा पर्न सक्ने समस्या र सरसफाइलाई मध्यनजर राख्दै यस्तो नियम ल्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

उनका अनुसार यो नियम १ असारदेखि लागू गर्नुपर्नेछ। अनुसूचीमा कस्तो प्रकारको अडियो प्रस्तुत गर्ने भन्नेबारे पनि उल्लेख गरिएको छ। सहचालक तथा चालकदलका व्यक्तिहरूले सभ्य भएर नमस्कार र स्वागतसहित यात्रुहरूलाई गन्तव्य, गाडी नम्बर, चालक र सहचालकको नाम, गन्तव्य, मौसम र सडकको अवस्थालगायतबारे अडियोमार्फत जानकारी गराउनुपर्नेछ ।