Skip This
कोकाकोलाको ‘चिल एन्ड विन’ क्याम्पेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोकाकोलाको ‘चिल एन्ड विन’ क्याम्पेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:५३:oo

कोकाकोलाले आफ्ना उपभोक्ताका लागि प्रमोसनल क्याम्पेन ‘चिल एन्ड विन’ योजना ल्याएको छ । कम्पनीले उपभोक्तालाई स्मार्ट फोन र मोबाइल रिचार्जजस्ता उपहारहरू जित्ने सुनौलो अवसरसहितको क्याम्पेन सुरु गरेको हो । यो क्याम्पेन कोकाकोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोसनल क्याम्पेन रहेको जनाइएको छ । यसका अफरहरू स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको कम्पनीलेजनाएको छ । 

उपहार प्राप्त गर्नका लागि युनिक कोडका लागि विशेष रूपमा चिह्न लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबी बोतलहरूको क्राउनमुनि चेक गर्नुपर्ने जनाइएको छ । क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एसएमएसमार्फत कोड पठाएर प्रत्येक दिन एक विजेतालाई स्मार्ट फोन प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ ।

सहभागीहरूले पाँच सय रुपैयाँसम्मको मोबाइल रिचार्ज पनि जित्न सक्ने कम्पनीले जनाएको छ । यो योजना नेपालभर कोकाकोला, स्प्राइट र फ्यान्टाको एक सय ७५ मिलि तथा दुई सय ५० मिलिको सिसाको बोतल र दुई सय ५० मिलि तथा पाँच सय मिलि पेट बोतलमा लागू हुने जनाइएको छ । 

उपभोक्तालाई आफ्नो पुरस्कार दाबी गर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले डिजिटल पेमेन्ट पार्टनरका रूपमा खल्तीसँग सहकार्य गरेको जनाएको छ । जसले गर्दा विजेताहरूले तुरुन्तै आफूले जितेको रकम प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ । बढ्दो गर्मीलाई लक्षित गरेर ल्याइएको ‘चिल एन्ड विन’ क्याम्पेन जेठ ६ देखि असार ३० सम्म लागू हुने उल्लेख छ । 

ad
ad