मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २२ सोमबार १०:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सदनको अवरोध खुलाउन सभामुखको सक्रियता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २२ सोमबार १०:०३:००

सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरे सक्रिय भएका छन् । उनले केहीबेरमा संसद् भवन बानेश्वरमा प्रमुख राजनीतिक पार्टीका सचेतकहरूसँग छलफल गर्दै छन् । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकको सुरुवातमै प्रस्टीकरण राख्ने तयारी छ । 

मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा समस्या हल गर्ने विषयमा दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए । यी मुद्दामा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।