मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २१ आइतबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् निर्यातको समस्या अब समाधान हुन्छ : अर्थमन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार १७:३o:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत् निर्यातको समस्या अब समाधान हुने बताएका छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण भएसँगै विद्युत् निर्यातको समस्या समाधान हुने बताए।

विद्युत् निर्यातको समस्या नहुनु नेपालका लागि ठूलो उपलब्धि रहेको बताउँदै अर्थमन्त्रीले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए। उनले विद्युत् निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने प्रस्ट पारे।

‘एकातिर हाम्रो विद्युत् उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो। यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरूलाई विद्युतीय माध्यमबाट चलाउने गर्यो भने हाम्रो पेट्रोलियम आयात घट्छ। त्यसैगरी, विद्युत् निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट व्यापार घाटा पनि घट्ने भयो,’ उनले भने।