मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २१ आइतबार १२:०३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनि स्मार्ट देखिन्छन् स्कुल ड्रेसमा बालबालिका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २१ आइतबार १२:०३:००

स्कुल ड्रेससँग बच्चाहरूको भावनात्मक सम्बन्ध हुन्छ । उनीहरूले ड्रेसमा हुँदा आफ्नो विद्यालयको प्रतिनिधित्व गरिरहेका हुन्छन् । तसर्थ, यतिवेला स्मार्ट देखिनु केवल बाहिरी आवरण मात्रै राम्रो हुनु होइन, उनीहरूलाई अनुशासनमा बस्न प्रेरणा मिल्नु पनि हो । बच्चाहरूको आत्मविश्वास बढाउन पनि यसले भूमिका खेलेको हुन्छ । 

फिटिङ : तपाईंको बच्चाले लगाउने कपडा उसको शरीरमा फिट हुन जरुरी छ । अति लुज वा धेरै टाइट पनि हुनुहुँदैन । बच्चालाई लगाउन सहज हुने खालको हुनुपर्छ । 

सफाइ : बच्चालाई सफा रहन प्रेरित गर्नुस् । उनीहरूले कपाल कोरेको, नङ काटे/नकाटेको र दाँत माझे/नमाझेको कुरा ख्याल गर्नुपर्छ । उनीहरूको स्कुल ड्रेस सफा, आइरन गरिएको हुनुपर्छ । 

एसिसरिज : बेल्ट, टाई, हेयरब्यान्डलगायत एसिसरिज स्कुल ड्रेसमा सुहाउँदो हुनुपर्छ । यी एसिसरिज उनीहरूको स्कुल ड्रेसको मापदण्डअनुसार हुन पनि जरुरी छ । आफ्ना बच्चालाई सर्टको टाँक राम्ररी मिलाउन र टाई राम्ररी मिलाउन सिकाउनुस् । 

जुत्ता : सहज खालका जुत्ता छान्नुपर्छ । त्यसलाई राम्ररी पोलिस गरिएको हुनुपर्छ । बच्चा अलि ठूलो हुँदै गएपछि उसलाई जुत्ता पोलिस गर्न सिकाउनुस् । युनिफर्ममा सुहाउँदो फर्मल जुत्ता हुनुपर्छ । 

व्यक्तित्व विकास : बच्चालाई व्यक्तित्व विकाससम्बन्धी कला सिकाउन आवश्यक छ । राम्ररी प्रस्तुत हुने, आत्मविश्वासका साथ हिँड्ने र विनम्र भाषामा बोल्न सिकाउनुस् । 

स्कुल ब्याग : बच्चाको स्कुल ब्याग पनि सफा र स्मार्ट हुनुपर्छ । ब्यागभित्र किताब र कपीहरू व्यवस्थित रूपमा राख्न सिकाउनुस् । 

आत्मविश्वास : बच्चालाई आत्मविश्वासी बनाउनुस् । मानिसहरूसँग आँखा जुधाएर नम्र भाषामा बोल्न सिकाउनुस् । राम्रो व्यवहार र सकारात्मक सोचले जीवनमा पार्ने प्रभावबारे बुझाउनुस् ।