१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १८ बिहीबार
  • Friday, 09 May, 2025
२o८o जेठ १८ बिहीबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्खाल नाघेर लमजुङ कारागारबाट भागेका एकजना पक्राउ, अर्का एक अझै फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १८ बिहीबार १६:११:oo

लमजुङ कारागारको पर्खाल नाघेर फरार भएका दुईमध्ये एकजना पक्राउ परेका छन्।

बिहीबार बिहान साढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए। जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले फरार एकजना फेला परेका र अर्का व्यक्तिको खोजी कार्य भइरहेको बताए।

फरार भएर पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा ०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भई ४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएका मध्यनेपाल नगरपालिका– ४ दुईपिप्लेका २७ वर्षीय विनोद विक रहेका छन्। विकलाई जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते ४ वर्ष कैद र ४ लाख जरिवाना सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालयबाट तैनाथ टोलीले झन्डै ९ घण्टाको अवधिमा बेँसीसहर नगरपालिका–२ चिसापानीको जंगलमा हिँडिरहेको अवस्थामा विकलाई पक्राउ गरेको हो।

ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका गोरखा चुमनुब्री गाउँपालिका– ३ का ३७ वर्षीय चन्द्रबहादुर गुरुङ अझै फरार छन्। उनको खोजी कार्य भइरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। प्रहरीले जिल्लाका नाकाहरूमा कडाइ गरेको छ। उनी ठगी मुद्दामा २०८० वैशाख ३१ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए।