
नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौतामा हस्ताक्षर भएको छ।भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपिसिआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा एनसिएचएलका सिइओ निलेश प्रधान र एनपिआइएलका सिइओ रितेश शुक्लाले हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापश्चात् दुई देशका व्यवसायी, विद्यार्थी र पर्यटकलाई भुक्तानीमा सहज हुने विश्वास लिइएको छ।