१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रोयटर्स
२o८१ बैशाख २४ सोमबार १o:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

एआईको गोपनीयतामाथि बहस

गोपनीयता र सुरक्षा सरोकारको चिन्ता हटाई वैश्विक बेन्चमार्क सेट गर्न युरोपियन युनियन अरूभन्दा अगाडि

Read Time : > 2 मिनेट
रोयटर्स
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:o६:oo

एकपछि अर्को च्याटजिपिटीजस्ता शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा विकसित गर्ने होड चलेको छ । यस्तो होडले गति लिँदा केही नियामकहरूले समाज र व्यवसाय सञ्चालन गर्ने तरिकालाई बढावा दिन सक्ने एआई प्रविधिलाई नियन्त्रण गर्न पुरानै कानुनमा भर परिरहेको पाइएको छ । गोपनीयता र सुरक्षा सरोकारको चिन्ता हटाई वैश्विक बेन्चमार्क सेट गर्न युरोपियन युनियन (इयू) एआईको नयाँ मस्यौदा बनाउनमा अरूभन्दा अगाडि छ । तर, ऐन कार्यान्वयनमा आउन केही समय लाग्नेछ । 

बिआइपी कन्सल्टेन्सीमा युरोपेली डाटा गभर्नेन्सविज्ञ रहेका मासिमिलियानोका अनुसार नियामकको अभावमा सरकारले लागू गर्न सक्ने भनेको हालका नियम हुन् । उनी भन्छन्, ‘यदि यो व्यक्तिगत डेटाको सुरक्षाबारे हो भने उनीहरूले डेटा सुरक्षासम्बन्धी कानुन लागू गर्छन्, तर यो मानिसको सुरक्षाका लागि खतरा हो भनेचाहिँ त्यहाँ नियम–कानुन छन्, जुन एआईका लागि भनेर विशेष रूपमा परिभाषित गरिएको छैन ।’

अप्रिलमा युरोपको राष्ट्रिय गोपनीयता प्रहरीले च्याटजिपिटीको समस्या सल्टाउन एउटा कार्यदल गठन गरेको थियो । कार्यदल गठनपछि इटालियन नियामक गारान्तेले सेवालाई अफलाइन बनाइदिएको थियो । जसमा ओपन एआई र इयूको जिडिपिआरको उल्लंघन गरेको आरोप लगाइएको थियो । जिडिपिआर सन् २०१८ मा लागू भएको गोपनीयता व्यवस्था हो । 

च्याटजिपिटीलाई अमेरिकी कम्पनीद्वारा उमेर प्रमाणीकरण सुविधा स्थापना गर्न र युरोपेली प्रयोगकर्ताले एआई मोडललाई प्रशिक्षित गर्नबाट रोक्न अनुमति दिएपछि च्याटजिपिटी पुनस्र्थापित भएको थियो । एजेन्सीले अन्य जेनेरेटिभ एआई उपकरण अझै विस्तृत रूपमा परीक्षण गर्ने बताइएको छ । यसैगरी, फ्रान्स र स्पेनका डेटा सुरक्षा अधिकारीले पनि अप्रिलमा ओपन एआईको गोपनीयता कानुन अनुपालनमा अनुसन्धान सुरु गरेका छन् । 

जेनेरेटिभ एआई मोडल गल्ती गर्ने वा भ्रम फैलाउने प्रविधिका रूपमा समेत चिनिन्छ । यसले अस्वाभाविक निश्चिततासँगै गलत सूचना पनि फैलाइरहेको छ । त्यस्ता त्रुटिको परिणाम भने गम्भीर हुन सक्ने विश्लेषक बताउँछन् । 

त्यसो त जेनेरेटिभ एआई मोडल गल्ती गर्ने वा भ्रम फैलाउने प्रविधिका रूपमा समेत चिनिन्छ । यसले अस्वाभाविक निश्चिततासँगै गलत सूचना पनि फैलाइरहेको छ । त्यस्ता त्रुटिको परिणाम भने गम्भीर हुन सक्ने विश्लेषक बताउँछन् । 
उदाहरणका लागि बैंक वा सरकारी कार्यालयले निर्णय प्रक्रियालाई गति दिन एआईको प्रयोग गर्न थाले भने ग्राहकलाई ऋण या लाभ भुक्तानीका लागि अनुचित रूपमा अस्वीकार गर्न सक्छन् । अल्फाबेटको गुगल र माइक्रोसफ्ट कर्पलगायतका ठूला प्राविधिक कम्पनीहरूले वित्तीय उत्पादनजस्ता एआई प्रयोग गर्न बन्द गरेका थिए ।

 अमेरिका र युरोपका ६ नियामक तथा विशेषज्ञका अनुसार नियामकको उद्देश्य प्रलिलिपि अधिकार र डेटा गोपनीयतादेखि मोडलमा राखिएको डेटा र त्यसले उत्पादन गर्ने सामग्री गरी दुई मुख्य विषयमा सबै कुरा समेट्ने विद्यमान कानुन लागू गर्ने हो । 

ह्वाइटहाउसका पूर्वप्राविधिक सल्लाहकार सुरेश सुब्रमणियनले दुवै क्षेत्रमा एजेन्सीलाई आफ्नो जनादेश व्याख्या र पुनव्र्याख्यान गर्न प्रोत्साहित गरिएको बताएका छन् । साथै, सुब्रमणियनले विद्यमान नियामक शक्तिअन्तर्गत भेदभावपूर्ण अभ्यासका लागि अल्गोरिदम अमेरिकी संघीय व्यापार आयोग (एफटिसी) लाई उद्धृत गरेका छन् । 

युरोपियन युनियनमा एआई ऐनको प्रस्तावले ओपन एआईजस्ता कम्पनीलाई किताब या तस्बिरजस्ता कुनै पनि प्रतिलिपि अधिकार सामग्री खुलासा गर्न बाध्य पार्छ, जुन एआई मोडललाई प्रशिक्षित गर्न प्रयोग गरिन्छ । इयू् प्रस्तावको मस्यौदामा संलग्न धेरै राजनीतिज्ञमध्ये एक सर्गेई लागोडिन्स्कीका अनुसार प्रतिलिपि अधिकार उल्लंघन त्यति सजिलो छैन । यो भनेको आफू स्वयंले लेख्नुअघि पढेको उपन्यासजस्तो हुने उनको भनाइ छ ।

‘यदि तपाईं कसैको नक्कल गर्दै हुनुहुन्छ र त्यसलाई प्रकाशित गर्नुहुन्छ भने त्यो एउटा कुरा हो । तर, सीधै कसैको चोरी गर्नुहुन्छ भने आफैँलाई कसरी प्रशिक्षित गर्नुभयो भन्ने विषयले फरक पार्दैन,’ लागोडिन्स्की भन्छन् । 

सिर्जनशील सोच :  फ्रान्सेली डेटा नियामक सिएनआइएलले एआईमा कसरी विद्यमान कानुन लागू हुन सक्छ भन्नेबारे रचनात्मक रूपमा सोच्न थालेको यसका टेक्नोलोजी हेड बट्रान्ड पाइलहेस बताउँछन् । ‘उदाहरणका लागि फ्रान्समा भेदभावसम्बन्धी दाबी सामान्यतया डिफेन्सर डेस ड्राइट्स अर्थात् अधिकारको रक्षकद्वारा ह्यान्डिल गरिन्छ । यद्यपि, एआई पूर्वाग्रहमा यसको विशेषज्ञताको कमीले सिएनआइएललाई यस विषयमा नेतृत्व लिन प्रेरित गरेको छ,’ उनी भन्छन्, ‘हामी प्रभावहरूको पूर्ण दायरा हेरिरहेका छौँ । यद्यपि, हाम्रो फोकस डेटा सुरक्षा र गोपनीयतामा रहन्छ ।’

बेलायतमा आर्थिक आचरण प्राधिकरण धेरै राज्य नियामकमध्ये एक हो, जसलाई एआई नियन्त्रण गर्न नयाँ गाइडलाइन्स कोर्ने जिम्मा दिइएको छ । अन्य कानुनी तथा शैक्षिक संस्थासँग प्रविधिबारे आफ्नो बुझाइ सुधार गर्न यसले बेलायतको एलन ट्युरिङ इन्स्टिच्युटसँग परामर्श गरिरहेको छ ।नियामकहरूले प्राविधिक विकासको गतिमा अनुकूल गरिरहँदा केही उद्योगका भित्रियाले विस्तृत संलग्नताका लागि कर्पोरेट नेतालाई आह्वान गरेका छन् । 
 

ad
ad