१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२३:oo

बागमती प्रदेशसभाको १२औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक बर्ष २०८०/०८१ को विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता पेस भएको छ।

मंगलबारबाट सुरु भएको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा तामाङले आगामी आर्थिक वर्ष २०८०÷०८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको प्रस्ताव पेस गरेका हुन्।

आगामी आर्थिक बर्षको अनुमानित कर प्रस्ताव वाहेक आर्थिक मामिला मन्त्री लामाले पेश गरेको उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठकले स्वीकृति समेत दिएको छ। उक्त प्रस्तावमाथि बुधबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा छलफल हुनेछ।

प्रस्ताव पेश गर्दै आर्थिक मामिला मन्त्री लामाले नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र संविधानमा निर्देशीत राज्यको निर्देशक सिन्दान्त अनुसार समाजवादउन्मुख अर्थतन्त्र निर्माणमा जोड दिँदै आगामी बजेट तर्जुमा गर्ने बताए। 

उनले राज्यको शक्तिको बाँडफाडलाई संविधानले प्रदेशलाई निर्दिष्ट गरेको अधिकारलाई महत्वपूर्ण आधारको रुपमा प्रयोग गर्दै बजेट तर्जुमा गर्नुका साथै प्रदेशको संस्थागत विकासमा बजेट केन्द्रीत रहने दाबी गरे।

उनले आगामी आर्थिक वर्षको बजेट मार्फत प्रदेशमा आर्थिक असमानता अन्त्य गर्ने, उद्यमशीलता विकासमा बजेट विनियोजन गर्ने, पर्यटनलाई प्रदेशको विशेष आर्थिक क्षेत्रको रुपमा विकास गरिने र  पर्यटन क्षेत्रमा रोजगारीका अवसर निर्माणमा बजेट केन्द्रीत रहने बताए।

यस्तै मन्त्री लामाले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा नीजि क्षेत्रसंग थप सरकार्य गर्ने र सार्वजनिक सेवा प्रवाहमा प्रदेश सरकारले गर्ने लगानी अभिवृद्धि गर्ने बताए।


 

ad
ad