Skip This
बलात्कार आरोपमा दुई युवक पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Wednesday, 17 September, 2025
२o८o जेठ ८ सोमबार १६:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपमा दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १६:२६:oo

बलात्कार गरेको आरोपमा बर्दियाबाट दुई युवक पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिका– ६ बस्ने २४ वर्षीय विनोद परियार र सोही ठाउँका २० वर्षीय नमराज परियार पक्राउ परेका हुन्।

उनीहरूले किशोरी घरमा बसिरहेको अवस्थामा आइतबार घुम्न जाने भन्दै जबर्जस्ती मोटरसाइकलमा राखेर ठाकुरबाबा नगरपालिका– ७ स्थित सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका प्रहरीले जनाएको छ।

आरोपी दुवैजनालाई इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूकै गाउँबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। आरोपी दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए।