मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ८ सोमबार १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारकाे नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी छ : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १४:o१:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन्।

अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उनको तर्क थियो। 

सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको दाबी गरे। 

उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने जिकिर गरे। 

‘यो नीति तथा कार्यक्रममा आगामी संकटलाई कसरी सामना गरेर अगाडि बढ्छौँ भन्ने कुरा आउनुपर्दथ्यो। यो नीति तथा कार्यक्रम सामान्य अवस्थामा, ठीकठाक अवस्थामा ल्याउनेजस्तो छ। र, धेरै कुराहरू मैले फेरि पनि भनेँ–प्रस्ट छैनन् । यसले समस्याहरू पहिचान गर्न सकेको छैन। प्राथमिकता छुट्टयाउन खोजेकै छैन।’ 

अध्यक्ष लिङ्देनले जुनयुद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरम्न पनि सरकारलाई सचेत गराए। देशको जीवनमा परक पार्ने, जनताको जीवनमा फरक पार्ने के त्यस्तो कार्यक्रम आयो ? भनी उनले सरकारलाई प्रश्न गरे।