१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २४ सोमबार १७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महेन्द्रनगर नगर विकास घोटालाविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीले आन्दोलन गर्ने

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५२:oo

कञ्चनपुरको महेन्द्रनगर नगर विकास घोटालाविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ। मोहन बैद्य किरण नेतृत्वको सो पार्टीले नगर विकासको जमिन घोटाला काण्डविरुद्ध आन्दोलन घोषणा गरेको हो।

नगर विकास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले बेवास्ता गरिरहेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले राज्यको सम्पत्ति जोगाउनका लागि दबाबमूलक आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो। शनिबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै नगर विकासको जमिन घोटाला गर्ने गिरोहमाथि कारबाहीको माग अघि सारेर आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चनपुरका तर्फबाट हरिस दयाल र हरि सुवेदीले महेन्द्रनगर गुरुयोजनाविरुद्ध जमिन घोटाला गर्नेमाथि अहिलेसम्म कारबाही नभएकाले ७ जेठदेखि आमरण अनशनसहित संघर्षका कार्यक्रम गर्ने बताइएको छ। 

क्रान्तिकारी कम्युनिस्ट पार्टी कञ्चनपुरका युवा नेता दीपेन्द्रसिंह ऐरले अख्तियारले नगर विकास जमिन घोटाला प्रकरणमा दोषी ठहर गरेका व्यक्तिलाई कारबाही गर्नुपर्ने, कानुनविपरीत वितरण भएका जमिन फिर्ता हुनुपर्नेलगायतका माग सम्बोधन गर्नुपर्नेमा जोड  दिएका छन्।

०७९ कात्तिक २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास जमिन घोटाला प्रकरणमा तत्कालीन अध्यक्षत्रय पल्टु राना, पुष्कल चौधरी र गोपाल रसायीसहित सदस्यसचिव कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नगर विकास समितिको नाममा रहेको ६३८ विघा ६ कठ्ठा ८ धुर जमिन गैरकानुनी रूपमा गुरुयोजना मिचेर सरकारी, सार्वजनिक एवं निजी व्यक्तिलाई वितरण गरेपछि त्यसको विरोधमा पटकपटक आन्दोलन भएका थिए।

ad
ad