१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ३ बुधबार ११:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अन्तर्वार्तामा जाँदा यस्तो गेटअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ३ बुधबार ११:१८:००

जागिर गर्नका लागि अन्तर्वार्ता दिन जाँदा कस्तो कपडा लगाउने ? धेरैलाई यो जिज्ञासा हुन्छ । तपाईंले केही कुरामा ध्यान दिनुभयो भने आफूलाई अन्तर्वार्तामा स्मार्ट रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । 

फर्मल कपडा : अन्तर्वार्तामा जाँदा फर्मल गेटअपमा जानु राम्रो हुन्छ । सर्टमा आइरन गर्न नभुल्नुस् । रंगिचंगी सर्ट नभएर एउटै कलरको सर्ट छान्नुस् । टाई पनि एकै कलरको लगाउनुस् । महिलाले पनि सकभर सर्ट/पाइन्टमै जाँदा राम्रो हुन्छ । तर, यदि तपाईंलाई पाइन्ट लगाउन मन पर्दैन भने फर्मल साडी लगाउन सक्नुहुन्छ । तपाईंले जिन्स पाइन्ट र त्यसमाथि सिम्पल कुर्था पनि लगाउन सक्नुहुन्छ । रंगिचंगी होइन, एउटै कलरको कुर्था वा साडी रोज्नुपर्छ । 

चम्किलो रङ नछान्नुस् : अधिक चम्किलो कपडा अन्तर्वार्ताका लागि राम्रो होइन । त्यसैले चम्किलो कालो, खैरो, रातो, पहेँलोलगायत गाढा रङका कपडा नछान्नुस् । तपाईंले आकासे रङको निलो, मरुन, पर्पललगायत रङका कपडा लगाउन सक्नुहुन्छ । 

हल्का पर्फ्युम प्रयोग : थोरै पर्फ्युम प्रयोग गर्नुस् । पसिना गनाउने, मोजा गनाउनेलगायत समस्याबाट यसले टाढा राख्न सहयोग गर्छ । तर, अत्यधिक पर्फ्युमको प्रयोग राम्रो मानिदैन । 

गहना कम लगाउनुस् : कतिपय व्यक्ति गहनाका सौखिन हुन्छन् । तर, तपाईंले कानमा मुन्द्रा, हातमा बालालगायत गहना लगाउनु राम्रो मानिदैन । महिला र पुरुष दुवैले सकेसम्म कम गहना लगाउनुस् । यदि विवाहित हुनुहुन्छ भने बिहेको औँठीसम्म लगाउन सक्नुहुन्छ ।