मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २ मंगलबार १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विशेष महाधिवेशनको कुनै गुन्जायस छैन : कांग्रेस प्रवक्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार १२:५o:oo

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले पार्टीको विशेष महाधिवेशनको सम्भावना नरहेको बताएका छन् ।

मंगलबार हनुमानथानमा आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनको गुन्जायस नभएको बताएका हुन्। महामन्त्रीद्वयले विशेष महाधिवेशनको माग गर्दै प्रदेश भेला गरिरहेका भन्ने सञ्चारकर्मीको जिज्ञासामा महतले पदाधिकारी बैठकमा यो विषय नउठेको बताए।

‘पदाधिकारी बैठकमा उहाँहरूले यो विषय उठाउनुभएको छैन। बाहिर यस्तो कुरा कसरी आउँछ म अचम्ममा छु,’ उनले भने,  ‘विशेष महाधिवेशनको कुनै गुन्जायस छैन। नीति अधिवेशन हुँदै छ। महासमितिभन्दा ठूलो हुन्छ।’