१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १ सोमबार १२:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कनेक्ट आइपिएसको ‘रिफर अ फ्रेन्ड’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १ सोमबार १२:१८:००

कनेक्ट आइपिएसले ‘रिफर अ फ्रेन्ड’ नामक योजना ल्याएको छ । कम्पनीले प्रयोगकर्तालाई आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आइपिएसमा रजिस्टर हुन सिफारिस गर्दा नगद प्रदान गर्ने योजना ल्याएको हो । 

योजनाअनुसार जेठ १ गतेदेखि असार ३१ गतेसम्म सिफारिस गर्नेले २५ रुपैयाँ बैंक खातामा र जसले सिफारिस प्राप्त गरेको छ, उसले २५ रुपैयाँ मोबाइल टपअपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

अफरको फाइदा लिन सिफारिस गर्नेले साथी तथा आफन्तलाई आफ्नो रिफरल कोड दिनुपर्ने जनाइएको छ । त्यस्तै, सिफारिस प्राप्त गर्नेले कनेक्ट आइपिएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड प्रयोग गर्नुपर्ने जनाइएको छ । नयाँ युजरले रजिस्टर गर्दा रिफरल कोड राखेर एकपटक आफ्नो मोबाइल नम्बर र इमेल आइडी भेरिफाई गरेपछि दुवैले २५ रुपैयाँका दरले बैंक खातामा तथा मोबाइल टपअपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

कनेक्ट आइपिएसले वेबमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार दुई लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिने जनाएको छ ।