१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १२ बिहीबार १०:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कनेक्ट आइपिएसमार्फत गरिने  भुक्तानीमा शुल्क घटाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १२ बिहीबार १०:२७:००

नेपाल क्लियरिङ हाउसले आफ्नो कनेक्ट आइपिएसमार्फत गरिने सरकारी राजस्व तथा अन्य भुक्तानीको कारोबार शुल्क घटाएको छ । आरपिएसमार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, कर्पोरेट पे एवं बैंक वित्तीय संस्थाको शाखाबाट रियल टाइममा गरिने १० हजारसम्मको भुक्तानीमा दुइ रुपैयाँ र सोभन्दा माथि २० लाखसम्मको भुक्तानीमा पाँच रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसिएचएलका विभिन्न च्यानलमार्फत सरकारी राजस्व भुक्तानीको एक खर्ब १४ अर्बबराबरका नौ लाख ७० हजारभन्दा बढी भुक्तानी कारोबार भएका छन् ।

एनसिएचएलले गत आर्थिक वर्ष लगभग २०% जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ । सरकारी राजस्व संकलनका निम्ति विभिन्न निकायमा कनेक्ट आइपिएस गेटवेका रूपमा पनि जोडिएको छ ।