१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कनेक्ट आइपिएसमा सुनोको ‘क्रस बोर्डर रिक्वेस्ट टु पे’ सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:oo:oo

सुनो र ठमेल रेमिटमार्फत ‘क्रस बोर्डर रिक्वेस्ट टु पे’ सेवा सुरु भएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले अमेरिकाकोे सुनोसँग यो सेवा थालनी गरेको हो । एनसिएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ प्लेटफर्म कनेक्ट आइपिएसमा थप सेवाका रूपमा सुचारु गरिएको उक्त ‘रिक्वेस्ट टु पेको सेवा’ पृथक् खालको मेसेजिङ सोलुसन भएको बताइएको छ । यसबाट नेपालका ग्राहकले अमेरिकामा रहेका भुक्तानीकर्ता व्यक्ति, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् । 

नेपालको राष्ट्रियस्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई सुनोसँग एकीकृत गरी अमेरिकामा रहेको नियो बैंकिङ नेटवर्कमा रहेका बैंकबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसिएचएल र सुनो पहिलो संस्था बनेको बताइएको छ । रिभर्स रेमिट्यान्स सुविधाका रूपमा रहेको यस सेवामार्फत नेपालका लाभग्राहीले अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्ट आइपिएस प्लेटफर्ममार्फत नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्नेछन् । 

उक्त सुविधा रियल टाइम क्रस बोर्डर रेमिटको क्षेत्रमा एक महŒवपूर्ण कोसेढुंगाका रूपमा लिइएको छ । एनसिएचएलको एनपिआईमा समेत उपलब्ध उक्त सेवालाई सम्बन्धित मोबाइल बैंकिङ तथा वालेटमा समेत क्रमिक रूपमा विस्तार गरिने बताइएको छ । 

‘प्रविधि र कनेक्टिभिटीको पहुँच भए पनि अन्तर्राष्ट्रिय बैंकहरूबाट भुक्तानी रियल टाइममा गर्न सकेका छैनन्, जसले गर्दा ग्राहकलाई अन्तर्राष्ट्रिय भुक्तानीमा निकै असुविधा भइरहेको छ,’ एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले भने ।

ad
ad