१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहायक जिल्ला वन अधिकृतको साढे ७२ लाख गैरकानुनी सम्पत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:४२:oo

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

साढे ७२ करोड रुपैयाँ स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो। 

आयोगले उनी सेवा प्रवेश गरेको १० फागुन २०३६ देखि १६ मंसिर ०७० सम्मको अवधिमा आम्दानी र खर्चको विश्लेषण गरेको थियो। 

उक्त अवधिमा उनको आम्दानी ९६ लाख ६८ हजार देखिएकामा खर्च र लगानी भने एक करोड ६९ लाख २० हजार पाँच सय ३८ रुपैयाँ देखिएको थियो। 

आम्दानीसँग लगानी तथा खर्च रकम घटाउँदा आउने ७२ लाख ५२ हजार ४८० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको भन्दै त्यसैलाई बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो। 

गैरकानुनी रूपमा आर्जित सम्पत्तिबाट पत्नी हिरादेवीका नाममा जग्गा किनी घरसमेत बनाएको देखिएको आरोपपत्रमा उल्लेख छ। बिगो जफत प्रयोजनका लागि हिरादेवीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

ad
ad