१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o२:oo

नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले जघन्य अपराधमा संलग्नहरूमाथि कानुनी कारबाहीका लागि दबाब दिन विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अर्बौँ रुपैयाँ असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता र तिनका परिवारका सदस्य तथा कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्व नै लागेको भन्दै नागरिक आन्दोलनले आपत्ति जनाएको छ ।

नागरिक अगुवाहरूले ठगीमा संलग्नहरूलाई कानुनी कारबाहीमा ल्याउन सरकारले गरेको प्रयासलाई हिम्मतिलो काम भन्दै आभार व्यक्त गरेका छन् । सरकारले कारबाहीमा हातखुट्टा कमाए खबरदारी गर्ने चेतावनी पनि दिएका छन् । 

ad
ad