१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुन सक्ने उद्योग–व्यवसायलाई प्रोत्साहन गर्नुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५१:oo

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुन सक्ने उद्योग–व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

आइतबार काठमाडौंमा परिसंघले आयोजना गरेको ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२३’मा बोल्दै अध्यक्ष गोल्यानले यस्तो धारणा राखेका हुन्। उनले मुलुक आत्मनिर्भर बन्न आयात बढाउँदै राजस्व उठाउने नीति परिवर्तन हुनुपर्नेमा जोड दिए। सरकारले विलासिताका सामान रोक्नुभन्दा तिनीहरूमा भन्सारको दर बढाएर राजस्व बढाए आयात नियन्त्रण हुने गोल्यानको सुझाव छ।

‘नेपाल सरकारद्वारा परिभाषित निर्यातमूलक तथा आयात प्रतिस्थापन गर्ने उद्योगको परिभाषाभित्र पर्ने उद्योगहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि निर्यातमूलक (उत्पादनमूलक) उद्योगहरूलाई आवश्यक विद्युत् ५० प्रतिशत छुटमा र आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई २० प्रतिशत छुट दरमा विद्युत् उपलब्ध गराउनुपर्दछ,’ उनले भने। 

अध्यक्ष गोल्यानले भारतमा रहेका नेपाली नागरिकलाई आइडी दिने व्यवस्थाको पहल गरे भारतीय बैंकमा खाता खोल्न सजिलो हुने र वैधानिक तवरबाट वार्षिक पाँच खर्बभन्दा बढी रेमिट्यान्स नेपालमा भित्र्याउन सक्ने भन्दै त्यसका लागि सरकारको अग्रसरता र सहजीकरण आवश्यक पर्ने बताए।

ad
ad