१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

२५६७औँ बुद्धजयन्तीको तयारी पूरा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरे शान्तिदीपमा दीप प्रज्वलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:११:oo

२५६७औँ बुद्धजयन्तीको सम्पूर्ण तयारी पूरा भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शान्तिदीपमा दीप प्रज्वलन र प्रार्थना गरेर बिहीबार साँझ बुद्धजयन्तीको शुभारम्भ गरे। 

शुक्रबार प्रधानमन्त्री प्रचण्डले औपचारिक कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बिहीबार साँझ मन्त्री किराँतीले मायादेवि मन्दिरपरिसरमा दीप प्रज्ज्वलन र परित्राठ पाठ गरेका छन्। 

जयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनी रङरोगन र सरसफाइ गरी सिंगारिएको छ। मन्दिर परिसर, अशोक स्तम्भलगायतका क्षेत्र सफा गरेर सुन्दर बनाइएको छ भने मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती जडान गरिएको छ। 

लुम्बिनी वरिपरि स्वागतद्वार तुल, ब्यानर राखिएको छ। शुक्रबार हुने औपचारिक कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन्। यसपटक बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० मनाउन एक करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ। 

यसपटक नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख, राजदूतलगायतलाई निमन्त्रणा गरिएको छ। शुक्रबार साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित महापरित्राण गरिएको छ। 

शुक्रबार बिहान ६ बजे पूर्णिमा पाठ पूजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभाहलसम्म शोभा यात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुनेछ। त्यसैगरी,  समारोह समापनलगत्तै सांस्कृतिक कार्यक्रम, सांस्कृतिक संस्थानबाट बुद्ध जीवनीमा आधारित पत्राचार तथा स्थानीय भेषभूषामा सांस्कृतिक कार्यक्रम हुनेछ। 

‘वैशाख २२ गते नै पण्डितपुरबाट रामग्रामसम्म बुद्धको अस्थिधातु यात्रासमेत हुने लुम्बिनी विकास कोषका सदस्यसचिव सानु राजा शाक्यले बताए।

अस्थिधातु यात्राको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री सुशीला श्रीपालीले गर्ने कार्यक्रम तय भएको छ। 

बुद्धजयन्तीको भोलिपल्ट २३ गते तिलौराकोटमा हुने मायादेवी शोभायात्राको नेतृत्व कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले गर्नेछन्। बोधिसत्व सिद्धार्थलाई तिलौराकोट भित्र्याउँदै गरेको प्रतीकस्वरूप मायादेवी शोभायात्रा हरेक वर्ष बुद्धजयन्तीको भोलिपल्ट गर्ने गरिएको छ। 

ad
ad