१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रत्नपार्कको शान्तिबाटिकामा टेन्ट हालेर बसेका मिटरब्याजपीडित । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौैं
२o८१ बैशाख ३० आइतबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मिटरब्याजलाई अपराध मान्ने अध्यादेश जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:३६:oo

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । मिटरब्याजलाई अपराध घोषणा गर्ने कानुनी व्यवस्थासहित अध्यादेश जारी भएको हो ।

अध्यादेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ । मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको थियो । सरकारले विधेयकमार्फत नै ऐन संशोधन अघि बढाएकोमा पीडितहरूले ढिलाइ भएको गुनासो गरेपछि अध्यादेश जारी भएको हो । यससँगै उच्च ब्याजदरमा पैसा लगाउनु फौजदारी अपराध भएको छ । 

अध्यादेशमा मिटरब्याजलाई अनुचित लेनदेन भनिएको छ । अनुचित लेनदेन गरेमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । यसअघि कानुन नहुँदा मिटरब्याजीमाथि कारबाही गर्न समस्या भएको थियो । हालै सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरी थप छानबिन गरिरहेको छ । तर, केही पीडितहरू सरकारसँग सन्तुष्ट नभई विभिन्न जिल्लाबाट काठमाडौं आएर आन्दोलन गरिरहेका छन् ।

ad
ad