सत्तागठबन्धनका दलहरूबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकमा आगामी आर्थिक वर्ष ०८०-८१ को नीति तथा कार्यक्रम र बजेटबारे प्रारम्भिक छलफल सुरु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले गठबन्धनको बैठक शुक्रबार पुनः बस्ने जानकारी दिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता सहभागी थिए ।