१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Friday, 09 May, 2025
२o८o बैशाख २० बुधबार १२:४२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा एकहप्ते युद्धविराम गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार १२:४२:oo

सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविराम गर्न सहमत भएका छन्। दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् 

दक्षिण सुडानको विदेश मन्त्रालका अनुसार सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (एसएएफ) प्रमुखले भोलि वैशाख २१ देखि २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएका हुन्।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउनसमेत सहमत भएका छन्। दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसका निम्ति वार्ता अपरिहार्य भएको बताएका छन्। 

दुवै पक्षलाई वार्ताको मिति प्रस्ताव गर्न आग्रह गरिएकाे छ। राष्ट्रपतिले दुवै समूहलाई मान्य हुने वार्तास्थल निर्धारण गरिने बताए। शीघ्र वार्ताका निम्ति प्रतिनिधिहरूकाे नाम पठाउन पनि उनले आग्रह गरेका छन्। 

व्यापार र विकासका लागि आठ अफ्रिकी देशको अन्तरसरकारी मञ्च (आइजिएडी)का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजिएडीले अधिकार प्रत्यायोजन गरेको थियो।

भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजिएडीले युद्धविरामको पहल गरेको हो।