१७ वर्षीय गुल्सनले खडा गरे जितको आधार, युएईविरुद्ध ‘ब्याक टु ब्याक’ अर्धशतक

एसिसी प्रिमियर कप क्रिकेट

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

१७ वर्षीय युवा क्रिकेटर गुल्सन झाले पुनः एकपटक महत्वपूर्ण इनिङ खेल्दै नेपाललाई जिततर्फ अग्रसर बनाएका छन् । 

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि उचाल्न युएईसँग फाइनलमा भिडिरहेको नेपाल गुल्सन र भीम सार्कीको महत्वपूर्ण इनिङमा जिततर्फ अग्रसर बनेको छ । 

एक सय १८ रनको लक्ष्य पछ्याउने क्रममा २२ रनभित्रै महत्वपूर्ण तीन विकेट गुमाएपछि संकटमा परेको नेपाली इनिङलाई गुल्सन झा र भीम सार्कीले इनिङ सम्हाल्दै ५० रनको अर्धशतकीय साझेदारी गरेका छन् । 

गुल्सनले पनि सुदृढ खेल देखाउँदै अर्धशतक पूरा गरेका छन् । उनले चार छक्का प्रहार गरेका छन् । यसअघि विश्वकप क्वालिफायरका लागि अत्यन्त महत्वपूर्ण मानिएको खेलमा पनि गुल्सनले महत्वपूर्ण अर्धशतकीय इनिङ खेलेका थिए । 

ताजा अवस्थामा नेपालले २८ ओभरमा तीन विकेट गुमाएर एक सय रन बनाएको छ । 

गुल्सनले ७५ बलमा ५० रन पूरा गरेका छन् भने भीमले ६६ बलमा ३४ रन बनाएका छन् । भीमले एक इन्डबाट विकेट जोगाएर महत्वपूर्ण साथ दिएका छन् । 

यसअघि नेपालले कुशल भुर्तेललाई एक, आसिफ सेखलाई आठ र कप्तान रोहितकुमार पौडेललाई एक रनमा गुमाएको थियो । 

सुझावित समाचार