मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १९ मंगलबार १o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भुटार्नी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तत्कालीन गृहमन्त्रीका सल्लाहकार पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १o:४७:oo

नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेका छन्। यसअघि पक्राउ परेका प्रतिवादीको बयानको आधारमा उनी पक्राउ परेका हुन्। 

गृह मन्त्रालयमा रहँदा राईले ठगी गर्ने गिरोहलाई सघाएका थिए। पक्राउ परेका पाँच अभियुक्तमध्ये सानु भण्डारीले डा. राईको नाम लिएका थिए। आफूहरूले उठाएको पैसामध्ये केही राईलाई बुझाएको उनको बयान थियो। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनी ललितपुरबाट पक्राउ परेका हुन्। 

गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटार्नी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नौ सयजनासँग करिब एक अर्ब ठगी गरेको थियो। त्यसमध्ये एक सय ६० जनाले प्रहरीमा उजुरी दिएका थिए । ठगीमा सघाउने अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको प्रहरीले जनाएको छ ।