१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

रोकिएको एसिसी प्रिमियर कप ९ बजेबाट : दुवै टिमका कप्तानले ट्रफीसँग तस्बिर खिचाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५४:oo

एसिसी प्रिमियर कपको फाइनल खेल ९ बजेबाट सुरु हुने भएको छ । सोमबार वर्षाले खेल आधामै रोकिएपछि बाँकी खेल अहिले ९ बजेबाट सुरु हुन लागेको हो ।

घरेलु टोली नेपाल र युएईले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । तर,  पहिलो ब्याटिङको क्रममा इनिङ्सको २७.३ ओभरपछि खेल रोकियो ।

वर्षाका कारण खेल अगाडि बढाउन नसकिएपछि फिल्ड अम्पायर विनोद बाबु र राहत अलीले दिउँसो ३ बजेपछि नेपाल र युएईबीचको फाइनल खेल रिजर्भ डेमा गर्ने निर्णय गरे । खेल रोकिँदा टस हारी पहिलो ब्याटिङ गरेको युएईले आज १०६–९ को स्थितिबाट बिहान ९ बजे खेल सुरु गर्नेछ । 

खेल सुरु हुनुभन्दा पहिले नेपाल र युएई टिमका कप्तानले ट्रफीसँग तस्बिर खिचाएका छन् ।

ad
ad