सांसद पौडेल भन्छन्– नेपालमा शिक्षाको उद्देश्य स्पष्ट भएन

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताएका छन्।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रममा उनले अझै सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न नसकेको बताए। संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै उनले संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ने दाबी गरे।

‘नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छैन। राज्यले शिक्षाको उद्देश्य तय गर्न सकेको छैन। संघीय शिक्षा ऐन नआएको भनेर व्यापक रूपमा प्रश्न खेपिरहनुपरेको छ। त्यो आए पनि त्यसले उद्देश्य तय गर्ने स्थिति देखिरहेको छैन। खालि प्रशासनिक ढंगबाट कसरी तौरतरिका मिलाउने भन्नेसम्बन्धी मात्रै छ,’ उनले भने।

निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्ने कुरा पनि पछिल्लो समय खस्कँदै गएको सांसद पौडेलको बुझाइ छ।
 

सुझावित समाचार