Skip This
डोल्पामा इन्स्पेक्टरको कुटाइबाट हवल्दार गम्भीर घाइते
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख १७ आइतबार १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा इन्स्पेक्टरको कुटाइबाट हवल्दार गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १३:५६:oo

डोल्पामा इन्स्पेक्टरले हवल्दारलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि कुटपिट गरेका हुन्।

कुटपिटबाट सल्यानको शिद्धकुमाख गाउँपालिका– ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले मरणासन्न हुने गरी कुटपिट गरेको आरसीले बताए।  

‘कुटपिटबाट आँखा, नाक र मुखमा चोट लागेको छ। डोल्पा अस्पतालमा उपचार हुने सकेन। डाक्टरले नेपालगन्ज रिफर गर्नुभएको छ,’ उनले भने, ‘आज मौसम खराब भएर जहाज पनि आएन। भोलि बिहानै उपचारका लागि नेपालगन्ज जान्छु।’

उनले घटना शनिबार बिहान ११ बजे भएको बताए। उनले भने, ‘मेरो ड्युटी अफ थियो। जिल्ला कारागारमा कार्यरत थिएँ। एक्कासि बोलाएर कुटपिट गर्नुभयो। ड्युटी अफ भएकै कारण मैले थोरै मदिरा सेवन गरेको थिएँ। सानो दर्जाको मान्छे हुँ। मलाई अरू ग्रेड रोक्कालगायतका अन्य विभागीय कारबाहीसमेत गर्न सकिन्थ्यो। तर, नियोजित रूपमा अगंभंग हुने गरी इन्स्पेक्टर साबले कुट्नुभयो।’ 

उनले आफ्नो उपचारखर्च इन्स्पेक्टर व्यहोर्नुपर्ने र कुटपिटमा कारबाही हुनुपर्ने माग राखेका छन्। उनले आफूले मदिरा सेवन गरेको गल्ती स्विकार्दा–स्विकार्दै पनि कुटपिट भएको बताए। कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले पनि थप उपचारका लागि नेपालगन्ज जान सुझाव दिएको बताए। 

 यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक बुढाथोकीले घटना गम्भीर भएकाले छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने बताए।

आफू कार्यालयभन्दा बाहिर रहेको वेला घटना घटेकाले यसबारे अनुसन्धान भइरहेको र कसैले पनि कानुन हातमा लिन नहुने बुढाथोकीले बताए।