१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १४ बिहीबार
  • Friday, 09 May, 2025
२o८o बैशाख १४ बिहीबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घोराही–तुलसीपुर चार लेनको ठेक्का छिट्टै रद्द हुन्छ : मन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १४ बिहीबार १८:४२:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर सडक चार लेन बनाउने कार्यमा राजनीति नगर्न सुझाव दिएकी छिन्।

नारायणपुर उद्योग बाणिज्य संघको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। ‘जनदबाब हुँदा त्यसले माथि दबाब दिन पनि सहज हुन्छ। तर, चार लेनमा राजनीति गरेर अस्वाभाविक विरोध गर्दा त्यसले फाइदा दिँदैन,’ उनले भनिन्। 

सडक चार लेन नबन्दा कष्टकर रहेको भन्दै उनले निर्वाचन जितेदेखि नै पहिलो प्राथमिकतामा राखेर चार लेनकै प्रक्रिया अगाडि बढाइरहेको उल्लेख गरिन्। अब आउने बजेट भाषणभन्दा अघि नै चार लेनको ठेक्का तोड्ने तयारी भएकोसमेत उनले प्रस्ट पारिन्। ‘ठेक्का नतोड्दासम्म त्यसमा ठेकेदारकै अधिकार हुने र सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था रहँदैन,’ उनले भनिन्, ‘त्यसैले पहिले ठेक्का तोड्छौँ, त्यसपछि अहिले दुई लेनकै मर्मत कार्य गर्छौं।’

अहिले भारतीय एक्जिम बैंकको लगानीमा भारतीय तथ्य कम्पनीले काम गरिरहेको छ। ठेक्का तोड्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित भारतीय राजदूतावास र सोही प्राेजेक्ट हेर्ने सचिवसँग पनि छलफल भइसकेको उनको भनाइ छ।

एक्जिम बैंकले लगानी गरेका दाङ मात्रै नभई नेपालकै दर्जन बढी स्थानको हालत यस्तै रहेको मन्त्री शर्माले बताइन्। दाङमा एयरपोर्ट विस्तारको विषयमा पनि उत्तिकै विवाद आउने भन्दै मन्त्री शर्माले दाङवासीलाई सहज हुने गरी एयरपोर्ट विस्तार गर्नुपर्ने बताइन्।