मर्स्याङ्दी गाउँपालिकाको विद्यालयमा स्वास्थ्य शिक्षा कार्यक्रम

बुधबार, १३ बैशाख, २०८०
डिजिटल संस्करण

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । समुदाय तथा बालबालिकामा स्वास्थ्य र शिक्षामा सुधार गर्न गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूले महिनामा एक दिन आफ्नो वडाको हरेक विद्यालय र कम्तीमा दुईवटा गाउँमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

उनले भने, ‘समुदाय तथा बालबालिकामा देखिने स्वास्थ्य समस्या हटाउन स्वास्थ्य शिक्षा कार्यक्रम लागू गर्न लागिएको हो ।’  कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय तथा स्वास्थ्यकर्मीलाई रचनात्मक ढंगबाट लाग्न उनले आग्रह गरेका छन् ।  यस कार्यक्रमलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

सुझावित समाचार