१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख १२ मंगलबार १०:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बालबालिकालाई दिइयो अभिनय प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख १२ मंगलबार १०:२८:००

बालबालिकाका लागि अभिनय तथा नाट्य कार्यशाला सम्पन्न भएको छ । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले दुई साता सञ्चालन गरेको कार्यशालाको अन्तिम दिन अभिभावक र रंगप्रेमीहरूमाझ बालबालिकाहरुले विशेष प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागी बालबालिकाले कार्यशालाका दौरान तयार पारेका नाट्य प्रस्तुतिलाई मञ्चन गरेका थिए । जसमा पपेटमार्फत कथा–कथनदेखि उनीहरू आफैँले तयार पारेको नाटक ‘सिन्ड्रेला’ मञ्चन गरेका थिए । साथै, मञ्चमै तत्कालै दिइएको विषयमा बालबालिकाहरूले युगल अभिनय गरेका थिए । 

बालबालिकाले खेल्ने ‘भाँडाकुटी’लाई आधार बनाएर सहभागी बालबालिकालाई नाट्य कला र सीपको साक्षात्कार गराइएको मेन्टर तथा यस कार्यशालाका कला निर्देशक केदार श्रेष्ठले बताए । ‘दुई सातासम्म बालबालिकाले थिएटरमा रमाइलो मात्र गरेनन्, उनीहरूले धेरै कुरा लिएर घर आउँदै छन् । आफ्ना छोराछोरीलाई स्वागत गर्न तयार रहनुहोस्,’ उनले अभिभावकहरुलाई भने ।  

कलामार्फत  व्यक्तित्व विकासमा सघाउने उद्देश्यका साथ ६ देखि १४ वर्ष उमेरसमूहका बालबालिकाका लागि लिटल थिएटर गराज आयोजना गरिएको हो । गराजमा नाटक र अभिनयका साथमा कथावाचन, कथाकथन, पब्लिक स्पिकिङ, चित्रकला, पपेट निर्माण र पपेट कथाकथन, ओरिगामी, नृत्य, भ्वाइस एन्ड स्पिच, सिर्जनशील लेखन, सिर्जनशील सोचलगायतका गतिविधि भएका थिए ।