१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रामकुमार (आरके) परियार, कलाकार
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

अभिनय र गीत रचनालाई निरन्तरता दिन्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:१५:oo

ओखलढुंगाको यशममा जन्मिएँ । घरपरिवारमा सांगीतिक माहोल थियो । जेठा दाइ कलाकारिता क्षेत्रमै हुनुहुन्छ । दाइको प्रभावले गर्दा पनि कलाकारितामा लाग्न मद्दत गर्‍यो । मलाई सानैदेखि गीत गाउने रुचि थियो । गीत गाउने इच्छा पूरा गर्नकै लागि ०७० सालमा काठमाडौं आएँ । 

आफ्नै शब्द र संगीतमा ‘मूलको पानीले’ गीत निकालेँ । यसमा राजेन्द्र बाजुरेली र देवी घर्तीको स्वर छ । यो गीतले राम्रो प्रतिक्रिया पाएको थियो । यसपछि मैले म्युजिक भिडियोमा अभिनय थालेँ । मैले सधैँ परिवारको सहयोग र माया पाएँ । म कलाकारिता क्षेत्रमा लागेकोमा परिवारमा सबै खुसी हुनुहन्छ ।

मैले आफ्नै शब्द र संगीतमा आधा दर्जन गीत ल्याएको छु । प्रमोद खरेलको स्वर रहेको ‘घृणा’ बोलको गीत सबैले मन पराइदिनुभयो । गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र मेरो अभिनय छ । त्यस्तै, ‘पानी मायाले’ बोलको गीतलाई पनि दर्शक–श्रोताले निकै मन पराइदिनुभएको छ । यो गीतमा पनि आफैँले अभिनय गरेको छु । 

‘धोका,‘उसको पर्खाइमा’, ‘मुनामदन’ र ‘तिम्ले नजर’लगायत गीतले मलाई श्रोता–दर्शकमाझ चिनाएका छन् । प्रमोद खरेल, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसी, शिल्पा पोखरेल, पूजा शर्मालगायत कलाकारसँग काम गरेको छु । अहिलेसम्म झन्डै दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेको छु । 

ad
ad