१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २९ बुधबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २९ बुधबार १८:५७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘चलचित्रमा अभिनय नगरेकाहरूको सदस्यता खारेज हुन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २९ बुधबार १८:५७:oo

नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने तयारी गरेकाे छ।

बुधबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरूको सदस्यता खारेज हुने बताए। उनले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने स्पष्ट पारेका छन्।

‘जसले चलचित्र खेलेको छैन, हाम्रो विधानको परिधिभित्र जो छैन, त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौं। सदस्य बन्नुभएकाहरूले सदस्य बन्दा धेरैको नागरिकता मात्रै छ, फिल्म खेलेको कुनै आधार छैन, अभिलेखीकरण गर्दै छौँ, अभिलेखीकरणका लागि आइदिनुहोस्,’ उनले भने।