१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:१२:oo

‘हल्कारा’ फिल्मबाट अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका महेश त्रिपाठी लामो समयदेखि अभिनय र यसको प्रशिक्षणमा सक्रिय छन् । उनी ओस्कर इन्टरनेसनल फिल्म फेस्टिभलमा अभिनय पढाउँछन् । अभिनयमा लाग्नेले धैर्य र संघर्ष छाड्न नहुने उनी बताउँछन् । कलाकारितामै करिअर खोज्न चाहने  युवालाई उनको सुझाव यस्तो छ :

- नेपालमा पछिल्लो समय विश्व सिनेमा हेर्ने, बुझ्ने र अध्ययन गर्न जमात बढ्दो छ । यसले गर्दा प्रतिस्पर्धा बढेको छ । अभिनयलाई ‘प्रोफेसन बनाउन हो भने यसबारे पर्याप्त अध्ययन गर्न जरुरी छ । 

- अभिनयका कलाहरू सिक्नुपर्छ । देखासिकीकै भरमा कलाकार बन्छु भनेर हुँदैन । मैले अभिनय नै किन गर्ने भनेर स्पष्ट हुनुपर्छ । कसरी राम्रो कलाकार बन्ने भनेर योजना बनाउनुपर्छ । 

- कलाकारसँग अभिनय, नृत्य, एक्सनलगायत धेरै विधाको ज्ञान हुनुपर्छ । सामाजिक चेत हुनुपर्छ । त्यसपछि मात्रै समाजका पात्रमा आफूलाई ढाल्न सकिन्छ । चरित्रलाई राम्ररी निर्वाह गर्न सकिन्छ । 

- एकै दिनमा कलाकारितामा स्थापित हुन सकिँदैन । म अभिनय पढाउँछु, तर फिल्ममा नोटिस हुन १५ वर्ष लाग्यो । निरन्तरको संघर्षका लागि तयार हुनुपर्छ भन्ने मेरो अनुभव छ । 

- तपाईंसँग आत्मविश्वास चाहिन्छ । भविष्यमा आउने संकट सामना गर्न सक्छु भन्ने आँट हुनुपर्छ । अन्धाधुन्ध फिल्ममा अभिनय गर्छु, पैसा कमाउँछु भनेर मात्रै हुँदैन । समय, काम र अवसर आएमा तपाईंलाई फाइदै पुग्ला । काम नपाउँदा पनि संघर्षलाई निरन्तरता दिन जरुरी छ । मुख्य कुरा, अभिनयप्रति लगाव हुनैपर्छ । 

- अभिनय ‘गड गिफ्टेड’ हो भन्ने पनि चलन छ । जो गलत हो । अनुभव र भोगाइले अभिनय सिकाउँछ । क्लासमै पढेर अभिनय गर्नुपर्छ भन्नेचाहिँ होइन । सिकाइका धेरै प्रक्रिया हुन्छन् । 

ad
ad