१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ९ शनिबार
  • Friday, 09 May, 2025
गणेश लम्साल विराटनगर
२o८o बैशाख ९ शनिबार १६:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शव प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच झडप, ६ जना घाइते 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o बैशाख ९ शनिबार १६:४५:oo

कोसी नाम खारेजीको माग गर्दै पहिचान पक्षधरहरूले विराटनगरमा शव प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झपडमा ६ जना प्रदर्शनकारी घाइते भएका छन्। 

कोसी नाम खारेजीको माग गर्दै भएको प्रदर्शनमा गत ५ चैतमा घाइते भई उपचारका क्रममा १० चैतमा मृत्यु भएका मोरङ बेलबारीका पदम लिम्बू (लाजेहाङ) को शव प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारी झडप हुँदा ६ जना घाइते भएका हुन्। 

आज शव प्रदर्शन गर्ने क्रममा प्रादेशिक राजधानी विराटनगरको रोडशेष चोकमा प्रहरी र प्रर्दशनकारीबीच झडप भयो।प्रदर्शनकारीहरूले सुनसरीको धरानबाट, इटहरी हुँदै विराटनगर ल्याएर शव प्रदर्शन गरेका थिए। सोही क्रममा मुख्यमन्त्री कार्यालय जाने क्रममा रोडशेष चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। 

संघीय सरकारले प्रदर्शनको क्रममा घाइते भएर उपचारका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गरेर दस लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ। 

यस्तै, प्रदेश सरकारले तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। पहिचान पक्षधरहरूले उनको शव आज मोरङको बेलबारी लगेर अन्त्येष्टि गर्दै छन्। 

तस्बिर : गणेश लम्साल/ नयाँ पत्रिका