१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुकिछिपी यार्चा संकलनमा जाने चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३८:oo

डोल्पाको तोइजुमबाट लुकिछिपी यार्चागुम्बा टिप्न जाने चारजना पक्राउ परेका छन्। यार्चा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने चारजनालाई से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको टोली र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका– ४ चौँरीकोट बस्ने ३२ वर्षीय सोमराज रोकाय, सोही स्थानका ३८ वर्षीय मानबहादुर थापा, १६ वर्षका वसन्त सिंह र वडा नम्बर ३ थापागाउँका ३८ वर्षीय कर्माप्रसाद विक रहेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए।

डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्चा संकलन खुलाउने गरिएको छ। उनीहरू अवैध रूपमा पाटन छिर्न खोज्दा पक्राउ परेका हुन्। पक्राउ परेका चारैजनालाई निकुञ्जको तोइजुम पोस्टमा भर्पाइ गरी बुझाइएको रामवाण गुल्मले जनाएको छ।

यस वर्षको यार्चा संकलन गर्ने समय नजिकिँदै गर्दा एक सातादेखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्चा पाटनमा संयुक्त गस्ती गरिरहेको छ।  यार्चा संकलन गर्ने समयअगाडि नै लुकिछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ।

ad
ad