१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यार्थी अभावपछि क्याम्पसलाई मर्ज गर्न सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४४:oo

विभिन्न विश्वविद्यालयका १५० आंगिक क्याम्पसमध्ये २१ मा एक सयभन्दा कम विद्यार्थी भर्ना

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या कम भएपछि विज्ञले क्याम्पसहरूलाई मर्ज गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिएका छन् । विश्वविद्यालय अनुदान आयोगले समेत मर्जमा जाने क्याम्पसलाई सहयोग उपलब्ध गराउने गरी कार्यक्रम अघि बढाउन थालेको छ । 

प्रा.डा. शंकर भण्डारी, सदस्यसचिव, विश्वविद्यालय अनुदान आयोग
उच्च शिक्षाको गुणस्तर राख्न, प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न पनि क्याम्पसहरू मर्ज गर्नुपर्ने अवस्था आएको छ । 

विश्वविद्यालय अनुदान आयोगले मंगलबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयलगायतका आंगिक क्याम्पसमा समेत विद्यार्थी खडेरी लागेको चर्चा भएको थियो । विभिन्न विश्वविद्यालयका मुलुकभरका एक सय ५० आंगिक क्याम्पसमध्ये २१ वटा क्याम्पसमा एक सयभन्दा पनि कम विद्यार्थी भर्ना भएका छन् । पाँच सय ३७ सामुदायिक क्याम्पसमध्ये दुई सय १८ क्याम्पसमा एक सयभन्दा पनि कम विद्यार्थी रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । 

कुनै नक्सांकनविना एउटै प्रकृतिका क्याम्पस एकै ठाउँमा स्थापना हुँदा विद्यार्थी पाउन समस्या भएपछि आयोगले मर्जरका लागि बहस सुरु गरेको हो । सुरुवाती दिनमा पहुँच बढाउन सहरदेखि गाउँगाउँमा क्याम्पस खुलेका थिए । पछि विश्वविद्यालयहरूले समेत ठोस नीति र योजनाविनै सम्बन्धन बाँडेका कारण अहिले विद्यार्थी अभावको समस्या देखिएको हो । 

विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.डा. शंकर भण्डारीले उच्च शिक्षाको गुणस्तर कायम राख्न, प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न पनि क्याम्पसहरू मर्ज गर्नुपर्ने अवस्था आएको बताए । राष्ट्रिय शिक्षा नीति २०७६ मा विद्यार्थी संख्या ज्यादै कम भएका क्याम्पस वा शिक्षण संस्थाहरूलाई मर्जरमा लैजाने उल्लेख छ ।

विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको क्याम्पस मर्जरको आवश्यकता, चुनौती र सम्भावना विषयमा राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुँयालतथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेपालको उच्च शिक्षामा समस्या देखिएको बताए । उनीहरूले उच्च शिक्षाको लगानीको सदुपयोग नभएको र क्याम्पस मर्जरमा जान सुझाव दिए । बजारको मागअनुसारका विषय पठनपाठन गर्न नदिँदा पनि विद्यार्थीको कमी भएको भनाइ क्याम्पस प्रमुखहरूले गुनासो गरेका थिए । 

एकैठाउँमा एउटै किसिमका विषय अध्यापन हुने क्याम्पसहरूको संख्या धेरै रहेको, क्याम्पसहरू भौगोलिक दूरीका हिसाबले नजिकै रहेको विज्ञहरूको भनाइ थियो । एउटै विश्वविद्यालयका सम्बन्धनप्राप्त र अरू विश्वविद्यालयका क्याम्पस एकैठाउँमा सञ्चालन हुँदा विद्यार्थी अभाव भोगिरहेको उनीहरूले बताए । सामुदायिक क्याम्पसमा स्रोतसाधनको अभाव हुँदै गएकाले पनि मर्ज गर्नुपर्ने सुझाव दिइएको छ । 

ad
ad