१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समिट अपार्टमेन्ट, पीडित र महानगरबीच १२ बुँदे सहमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:१७:oo

समिट अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगर, ग्रिनविच होटेल र समिट अपार्टमेन्टबीच आइतबार १२ बुँदे सहमति भएको छ।

शुक्रबार राति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयको भागाभाग भएको थियो। ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन्। सो निर्माणाधीन अपार्टमेन्ट वरपरका घरहरू एक तला जति भासिएका छन्। अपार्टमेन्ट आसपासका खाली जग्गा पनि चिराचिरा परेर माटो खस्न रोकिएको छैन। जग खनिएको ठाउँमा पानी रसाएको छ।

अपार्टमेन्टका व्यस्थापक निर्माण चौधरीसहित चारजनाले प्रभावितलाई तत्काल बसोवासको व्यवस्थापन गर्न र ग्रिनविच होटेलसमेत भासिएकोले त्यहाँ काम गर्नेलाई खानबस्नको व्यवस्था गर्न सहमति भएको छ। 

यस्तै, रोडको आकस्मिक सहजीकरण कोष खडा गर्ने, घर चर्केका तथा भत्केकाहरूको मर्मत, निर्माण अपार्टमेन्ट व्यवस्थापन गर्ने र तत्काल अपार्टमेन्टले बाँकी निर्माणको काम नगर्ने सहमति भएकाे छ। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले होटेल निर्माण गर्दा कुनै अनुमति नलिएकोले कानुनअनुसार कारबाही गरिने बताए। उनले भने, ‘त्यत्रो भवन बनाउँदा महानगरसित कुनै स्वीकृति लिएको छैन। स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर हदैसम्मको कारबाही हुन्छ। अब बनाउँदा छिमेकीलाई असर नपर्ने गरी बनाउने सहमति भएको छ। होटेल निर्माण गर्दा ६ वटा भवनमा बढी क्षति पुगेको छ।’

करिब १८ रोपनी जग्गामा निर्माणाधीन बहुतले अपार्टमेन्टको जग खन्न एक महिनाअघि सुरु भएको थियो।

ad
ad