मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २४ शुक्रबार १५:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २४ शुक्रबार १५:५१:००

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ।

शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)ले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच एकता गर्ने निर्णय भएको जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा नेकपा (मशाल)सँग पनि एकताका लागि वार्ता जारी रहेकाले निकट भविष्यमा मशालसँग पनि एकता हुने बताइएको छ। 

पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आमकार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जनाइएको छ।

त्यस्तै, क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको संगठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्यलगायत पार्टी एकताका आधार रहेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हुन लागेको बताए।