१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

निशान र प्रशान्त सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:oo:oo

सुदूरपश्चिमका भरत चन्द, गण्डकीका निशान गुरुङ र कोसीका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको बिहीबार भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपिएफका झलक रोकालाई हराए । निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास रानामगरलाई पराजित गर्दैै अन्तिम चारको स्थान पक्का गरेका हुन् ।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावलले गण्डकीका मनीष बिसीमाथि जित निकाले । कर्णाली प्रदेशका दर्शन घर्तीमगरले सुदूरपश्चिमका बालाजी रावललाई हराए । बागमती प्रदेशका मनोज तामाङले कोसीका सनम गुरुङलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ९२ केजीमा बागमतीका उमङ महर्जनले लुम्बिनीका सुजन थापामगरलाई पाखा लगाउँदै अन्तिम चारमा पुगेका छन् । यसै स्पर्धामा गण्डकीका मुन्ना गुरुङले कोसीका इशकजनक शाही तथा सुदूरपश्चिमका ललित भट्टले कर्णालीका प्रकाशकुमार विष्टबाट वाकओभर पाउँदै सेमिफाइनलमा स्थान बनाए ।

महिला ५७ केजीमा सुदूरपश्चिमकी कविता सिंहले लुम्बिनीकी कल्पना पुनमाथि जित निकाली सेमिफाइनलमा पुगिन् । महिला ६० केजीमा बागमतीकी हेमा राईले सुदूरपश्चिमकी सन्जिता चौधरीलाई निराश बनाउँदै अन्तिम चारमा पुगिन् । एपिएफकी संगीता सुनुवारले कोसीकी सुस्मिता राईलाई पराजित गरिन् । महिला ६६ केजीमा गण्डकीकी जोसिका श्रेष्ठले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै अन्तिम चारको स्थान पक्का पारेकी छिन् । 

ad
ad