१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘उपनिर्वाचनमा आचारसंहिता उल्लंघन भए आयोग हेरेर बस्दैन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२५:oo

बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत २४ गतेबाट आचारसंहिता लागू हुने भएको छ। 

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २४ गतेबाट आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको हो।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार निर्वाचन आयोग र निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठक बसेर चैत २४ गतेबाट सम्बन्धित सबै पक्षहरूमा लागू हुने गरी उपनिर्वाचन प्रयोजनार्थ आचारसंहिता लागू हुने बताए। 

उनले आचारसंहिता उल्लंघन भए उल्लंघनकर्तालाई सजायको भागीदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने चेतावनी दिए। 

उपनिर्वाचन हुने बारा, चितवन र तनहुँ जिल्लाभर नै शुक्रबारबाट आचारसंहिता लागू हुने बताए। कतिपय आचारसंहिताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सबैलाई लागू हुने पनि उनले बताए। 

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन दिइसकेको बताए। 
 

ad
ad