१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२o८१ बैशाख २४ सोमबार o८:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वेस्ट इन्डिज पनि ग्लोबल छनोटमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:४७:oo

सुपर लिगमा  २४ खेलबाट ८८ अंक जोडेको वेस्ट इन्डिज नवौँ स्थानमा झरेपछि आइसिसी विश्वकप ग्लोबल छनोटमा 

दुईपटकको पूर्वविश्वकप च्याम्पियन वेस्ट इन्डिज भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । आइसिसी सुपर लिगमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई तेस्रो एकदिवसीय खेलमा १ सय ४६ रनले पराजित गरेपछि वेस्ट इन्डिज ग्लोबल छनोटमा छनोट भएको हो । वेस्ट इन्डिज सन् १९७५ र १९७९ मा एकदिवसीय विश्वकपको उपाधि विजेता हो ।

वेस्ट इन्डिजले टी–२० विश्वकप २०१२ र २०१६ मा जितेको थियो । वेस्ट इन्डिजले सुपर लिगमा २४ खेलबाट ८८ अंक जोडेको छ । वेस्ट इन्डिजले नौ जित र १५ हार सामना गरेको छ । नवौँ स्थानमा झरेपछि सीधै वेस्ट इन्डिजले विश्वकपमा स्थान बनाउन नसकेको हो । आठौँ स्थानमा दक्षिण अफ्रिका रहेको छ । दक्षिण अफ्रिकाले २१ खेलबाट ९८ अंक हात पारेको छ । दक्षिण अफ्रिकाले नौ जित र १० हारको सामना गरेको छ । 

आयरल्यान्डले अर्को महिना बंगलादेशसँग घरेलु मैदानमा तीनमध्ये एउटा एकदिवसीय खेलमा पराजित भए दक्षिण अफ्रिका सीधै भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा पुग्नेछ । यदि बंगलादेशविरुद्ध तीनवटै एकदिवसीय खेलमा जित निकाल्दा आयरल्यान्डले ९८ अंक बनाउनेछ । यो अवस्थामा दक्षिण अफ्रिकासँग आयरल्यान्डले अंक बराबरी गर्नेछ । 

यसअघि श्रीलंका दशौँ स्थानमा रहँदै ग्लोबल छनोटमा पुगेको थियो । श्रीलंका सुपर लिगमा २४ खेलमा सात जित र १३ खेलमा हार सामना गर्दै ८१ अंक बनाएको थियो । अब आयरल्यान्ड र दक्षिण अफ्रिकामध्ये एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता रहनेछ ।

सुपर लिगको नियमअनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउँछन् । भारत, पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरी ७ टोली सोझै विश्वकपमा पुगिसकेका छन् । आइसिसी विश्वकप लिग–२ मा तेस्रो स्थानमा रहँदै नेपालले ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । विश्वकप–२ को शीर्ष स्थानमा स्कटल्यान्ड र दोस्रो स्थानको ओमानले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएका छन् । 

ad
ad