१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : गान्धीको आश्रममा चोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२७:oo

त्यतिखेर महात्मा गान्धी सावरमती आश्रममा थिए । एकरात एउटा चोर आश्रममा चोरी गर्न गयो । सायद चोर निकै मूर्ख थियो । नत्र आश्रममा चोरी गर्न किन पो जाँदो हो र ? संयोगवश चोर आश्रममा प्रवेश गरेकै समयमा कोही आश्रमवासी बिउँझिए । उनले आश्रममा चोर पसेको सुइँको पाइहाले । उनले बिस्तारै अन्य आश्रमवासीलाई बिउँझाएर आश्रममा चोर पसेको अवगत गराए । त्यसपछि सबै मिलेर चोरलाई घेरा हालेर समाते र उसलाई एउटा सानो कोठामा बन्द गरिदिए । 

भोलिपल्ट बिहान आश्रम व्यवस्थापकले चोरलाई महात्मा गान्धीसमक्ष प्रस्तुत गरे । गान्धीले शिर उठाएर त्यस चोरलाई हेरे । युवक शिर झुकाएर उनका सामु उभिएको थियो । ऊ निकै आतंकित देखिन्थ्यो । महात्मा गान्धी आफूसित निकै रिसाएका छन् र उनले आफूलाई प्रहरीसमक्ष सुम्पिन पनि सक्छन् भनेर ऊ भयग्रस्त देखिन्थ्यो । 

गान्धीले उनलाई सोधे– बाबु, के तिमीले खाजा खाएका छैनौ ? चिन्तित भइरहेको समयमा गान्धीले जुन प्रश्न गरे, त्यसबारे उसले सपनामा पनि कल्पना गरेको थिएन । उसले कुनै उत्तर दिन सकेन । ऊ केवल शिर झुकाएर मूर्तिवत् उभिइरह्यो । युवकबाट कुनै जवाफ नपाएपछि गान्धीले आश्रमका व्यवस्थापकतिर प्रश्नसूचक दृष्टि दिए । व्यवस्थापकले जवाफ दिए– बापु, यो चोर हो, यसलाई खाजा खुवाउने त प्रश्नै उठ्दैन नि !

आश्रम व्यवस्थापकको जवाफ सुनेपछि गान्धीको अनुहार निकै गम्भीर देखियो । दुःखी आवाजमा उनले प्रश्न गरे– किन ? के ऊ मानिस होइन ? के उसले खानुपर्दैन ? के उसलाई भोक लाग्दैन ? अब उसलाई लगेर पेटभर खाजा खुवाऊ । गान्धीको जवाफ सुनेर आश्रममा चोरी गर्न पसेको युवकको आँखाबाट आँसु बग्न थाल्यो ।

ad
ad