मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १९ आइतबार ११:१४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घरमै यसरी बनाउन सकिन्छ बर्गर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १९ आइतबार ११:१४:००

पछिल्लो समय बर्गर युवापुस्तामाझ निकै लोकप्रिय छ । मिठो अनि छिट्टै तयार गर्न सकिने भएकाले युवपुस्ताले यो फास्टफुड रोज्ने गरेका हुन् । नेपालमा चिकेन बर्गर र भेज बर्गर धेरै चलेको छ । यसलाई घरमै पनि बनाउन सकिन्छ । 

चिकेन बर्गर 
चिकेन बर्गर बनाउनका लागि पहिले बर्गर पेटिस बनाउनुपर्छ । त्यसका लागि किमा गरेको चिकेन आवश्यक पर्छ । त्यस्तै, चप गरेको प्याज, अदुवा–लसुन, नुन, मरिच र थोरै मात्रामा मैदाको पिठो चाहिन्छ । यी सबै सामग्री राम्रोसँग मिक्स गर्नुपर्छ । त्यसपछि बर्गरको ब्रेडको साइज बनाएर हाल्ने र तावामा थोरै तेल हालेर पकाउने । यसका लागि धेरै तेल हाल्नुहुँदैन । आधा मात्रै डुब्ने गरी तेल हाल्नुपर्छ । पेटिस पाकेपछि आलु टिक्की, टमाटरको स्लाइस, मसिनो गरी काटिएको प्याज, गाँजर, सलाद पात, टोम्याटो सस, मसला, चिजको स्लाइस, काँक्रालगायतलाई त्यसमा मिसाउनुपर्छ । बर्गर तयार हुन्छ । 

भेज बर्गर 
भेज बर्गर बनाउनका लागि पहिले भेज पेटिस तयार गर्नुपर्छ । त्यसका लागि चप गरिएको मिक्स भेजिटेबल आवश्यक पर्छ । त्यसमा चप गरिएको प्याज, अदुवा–लसुन, नुन, मरिच र थोरै मात्रमा मैदाको पिठो मिसाउनुपर्छ । यी सबै सामग्रीलाई मिक्स गरेर बर्गरको ब्रेडको साइज बनाएर तावामा हाल्ने र पकाउने । यसका लागि धेरै तेल हाल्नुहुँदैन । आधा मात्रै डुब्ने गरी तेल हाल्नुपर्छ । पेटिस पाकेपछि आलु टिक्की, टमाटरको स्लाइस, मसिनो गरी काटिएको प्याज, गाँजर, सलाद पात, टोम्याटो सस, मसला, चिजको स्लाइस, काँक्रालगायतलाई मिसाएर भेज बर्गर बनाउन सकिन्छ ।