१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सात महिनामा अत्यधिक आयात–निर्यात भएका वस्तु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o३:oo

अंक र अर्थ

मूल्यका हिसाबले सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको छ । चालू आर्थिक वर्षको सात महिनामा एक खर्ब ६९ अर्बको पेट्रोलियम आयात भएको छ । त्यसमा ८४ अर्ब ६१ करोडको डिजेल, ३८ अर्ब ७३ करोडको पेट्रोल, ३३ अर्ब ३४ करोडको खाना पकाउने ग्यास र १२ अर्ब ९७ करोडको हवाई इन्धन आयात भएको छ । 

यसबीच, ५३ अर्बको कच्चा खानेतेल आयात भएको छ । जसमा २६ अर्ब ४२ करोडको भटमासको कच्चा तेल, १७ अर्ब ७६ करोडको पाम कच्चा तेल र आठ अर्ब ८३ करोडको सूर्यमुखी कच्चा तेल आयात भएको छ । यस्ता कच्चा तेल नेपालका खानेतेल उद्योगहरूले प्रशोधन गरी निर्यात गर्ने प्रयोजनका लागि आयात गर्छन् ।

त्यसैले यस्ता कच्चा तेल घट्दा निर्यातसमेत घट्ने गरेको छ । नेपालले निर्यात गर्ने प्रमुख वस्तु पनि खानेतेल नै हो । २२ अर्ब ४३ करोड रुपैयाँबराबरको खानेतेल निर्यात गरिएको छ । जसमा आठ अर्ब २७ करोडको भटमासको तेल, २३ करोड २८ लाखको सूर्यमुखी तेल र २० अर्ब ८३ करोड रुपैयाँको पाम तेल र पामोलिन निर्यात भएको छ ।

त्यस्तै, १४ अर्ब ७६ करोडको स्मार्टफोन आयात भएका छन् । तीन अर्ब ६० करोडको ल्यापटप र नोटबुक आयात भएका छन् । सात महिनामा १२ अर्ब ५७ करोडको सुन आयात भएको छ । 

ad
ad