सामान्य अंकले बढ्यो नेप्से, खुम्चियो कारोबार रकम

बुधबार, १५ चैत, २०७९
डिजिटल संस्करण

मंगलबार दोहोरो अंकले बढेको सेयर बजारमा आज सामान्य वृद्धि भएको छ। सेयर बजार परिसूचक नेप्से आज १.२ अंकले बढेर १९१९.४३ विन्दुमा पुगेको छ।

आज माइक्रोफाइनान्स, होटेल र अन्य समूहको सेयर सामान्य बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। आज दुई सय ५८ वटा कम्पनीका २५ लाख ३९ हजार कित्ता सेयर ८१ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ।

आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयरमा सकारानत्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त कम्पनीको सेयर झन्डै साढे चार प्रतिशतले घटेको  छ।

सुझावित समाचार