१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Friday, 09 May, 2025
२o७९ चैत १४ मंगलबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

च्छो रोल्पा अस्पतालमा बाल स्वास्थ्य शिविर, नौजनाको शल्यक्रिया  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १२:३४:oo

च्छो रोल्पा जनरल अस्पताल प्रालि चरिकोटमा चैत ८ गतेदेखि सुरु भएको बाल शल्यक्रिया शिविर सकिएको छ। १६ वर्षभन्दा मुनिका झन्डै दुई हजार बालबालिका सहभागी भएको शिविरमा नाैजनाको शल्यक्रिया गरिएको हाे। 

च्छो रोल्पा अस्पतालको आयोजना तथा बेलायती संस्था हेल्थ पार्टनरसिप नेपालको प्राविधिक सहयोग र कान्ति बाल अस्पतालको सहकार्यमा गरिएको शल्यक्रिया शिविरमा १६ वर्षभन्दा मुनिका नाैजना बालबालिकाले शल्यक्रिया सेवा लिएका छन्।

न्यून शुल्कमा गरिएको शल्यक्रिया शिविरमा हर्नियाको समस्या भएको चारजना, हाड्रोसिल तीनजना, अन डिसेन्डेड टेस्टिज दुईजनाको गरी नाैजनाको शल्यक्रिया गरिएको हो। 

शल्यक्रिया शिविरका लागि दोलखा सरदरमुकाम चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालय, द राइजिङ इंग्लिस बोर्डिङ स्कुल, एपेक्स इंग्लिस बोर्डिङ स्कुल, हिमालय क्राउन एकेडेमी, त्रिपुरा ग्लोरियस बोर्डिङ स्कुल, भीनपा– ५ स्थित आँकुरा इंग्लिस बोर्डिङ स्कुललगातयका विद्यालयमा करिब दुई हजार जनामा गरिएको छनाेट शिविरमा १५ जना बालबालिकामा शल्यक्रियासम्बन्धी समस्या देखिएको थियो।

समस्या देखिएका १५ जना बालबालिकामध्ये नाैजनाले शल्यक्रिया सेवा लिएको च्छो रोल्पा अस्पतालकी प्रशासन प्रमुख शर्मिला बुढाथोकीले जानकारी दिइन्।

शल्यक्रिया शिविरमा कान्ति बाल अस्पतालका बाल शल्यक्रिया विशेषज्ञ डाक्टर सुलोचना दाहाल, च्छो रोल्पा अस्पतालका मेडिकल निर्देशक डा. विनोद दंगाल, बेलायतको बालरोग विशेषज्ञलगायतको सहभागिता रहेको थियो। 

शिविरले शल्यक्रियासम्बन्धी समस्या भएका बालबालिकालाई सहज र न्यून शुल्कमा विशेषज्ञ उपचार सेवा दिन सक्नु जिल्लाकै लागि राम्रो सुविधा भएको सरोकारवालाले बताएका छन्। 

आगामी दिनमा समेत बाल स्वास्थ्यका लागि मध्यनजर गर्दै कान्ति अस्पतालको विज्ञ डाक्टरसँगको सहकार्यमा शिविर तथा उपचार सेवा प्रदान गर्ने अस्पतालका पृथ्वीबहादुर श्रेष्ठले जानकारी दिएका छन्।