मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी न्युयोर्क
२०७९ चैत १४ मंगलबार ०७:५९:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्विटरको मूल्य २० अर्ब डलर : मस्क

Read Time : < 1 मिनेट
एजेन्सी, न्युयोर्क
२०७९ चैत १४ मंगलबार ०७:५९:००

एलन मस्कले ट्विटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन् । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र यो सोसल मिडिया प्लाटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा हो ।

यो मूल्य ‘स्न्यापच्याट’को मूल कम्पनी ‘स्न्याप’ (१८.२ बिलियन डलर) वा ‘पिन्टेरेस्ट’को (१८.७ बिलियन डलर) भन्दा केही मात्र बढी हो । तेस्लाइङ्क र एयरोस्पेस ग्रुप स्पेसएक्सका प्रमुख कार्यकारीसमेत रहेका मस्कले ट्विटरले आफ्ना कर्मचारीलाई हरेक ६ महिनामा सेयर नगद गर्न अनुमति दिने बताएका छन् ।

‘ट्विटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको थियो,’ आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको भारी संकुचनको वर्णन गर्दै लेखेका छन् ।